काठमाडौं । २०७९ को चुनावमा कोशी प्रदेश एमालेको बलियो गढ थियो ।तर, जेन्जी आन्दोलनपछि पुराना दलहरूको भोट बैंक कमजोर बनेको र आगामी फागुन २१ मा चुनाव भए जनमतमा ठूलो फेरबदल हुने संकेत छ ।

कोशीमा पहिचान आन्दोलन र स्वतन्त्र लहरले तीन नयाँ शक्तिहरूलाई अगाडि ल्याएको छ ।हर्क साम्पाङको श्रम संस्कृति पार्टी, कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र योगी मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी ।

तीनै दल फरक वैचारिक धरातलमा भए पनि पुराना दलहरूलाई चुनौती दिने हैसियतमा छन् ।हर्क साम्पाङ ‘हर्कवाद’ मार्फत श्रम र उत्पादनलाई केन्द्रमा राख्छन् ।

कुलमान घिसिङको दल संघीयता, समावेशी प्रतिनिधित्व र पहिचानलाई फराकिलो अर्थमा व्याख्या गर्छ ।योगी मण्डल भ्रष्टाचारविरोधी एजेन्डा र ‘नेपालवाद’मा अडान छन् ।

विश्लेषक कृष्ण पोखरेलका अनुसार जेन–जी आन्दोलनले पुराना दलहरूको जमिन हल्लाइदिएको छ र तीमध्ये कुलमानको पार्टीले राष्ट्रियस्तरमै ठूलो चुनौती दिन सक्छ ।तर, नयाँ शक्तिहरूबीच समन्वय र एकताको कमी छ ।

हर्क साम्पाङ र डकेन्द्र थेगिमबीचकै ‘कम्युनिकेसन ग्याप’का कारण अलगअलग हिँडाइ देखिन्छ ।तीनै दल एक हुन सके पुराना दललाई ठूलो नोक्सान पु¥याउने विश्लेषकहरूको भनाइ छ, नत्र उनीहरूले सम्भावित फाइदा आधामाझैँ गुमाउन सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय