जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले आफू विरुद्ध महाभियोगको प्रस्ताव ल्याइए फेस गर्न तयार रहेको बताएका छन् । मंगलबार जनकपुरमा संचारकर्मीहरुसंग कुराकानी गर्दै सभामुख मण्डलले सभामुखविरुद्ध महाभियोग लगाउने विषय सांसदहरूको स्वतन्त्रताको विषय रहेको भन्दै आफू त्यसको सामना गर्न तयार रहेको बताए ।

शनिवार उनले दलीय कार्यकर्ताले जसरी प्रदेशसभा सञ्चालन गरेको आरोप लागेको छ । यही विषमा उनीविरुद्ध महाभियोगको समेत चर्चा भइरहेका बेला मण्डलले त्यसको सामना गर्नका लागि तयार रहेको स्पष्ट गरे ।

उनले आफ्ना लागि पद ठुलो विषय नरहेको भन्दै कमजोरी छ भने राजीनामा दिन पनि तयार रहेको बताए ।

उनले भने ‘मेरा लागि पद ठुलो विषय होइन, यसअघि पनि प्रदेशसभा सदस्य हुँदा त्यस्तो परिस्थिति उत्पन्न हुँदा पदबाट राजीनामा दिएकै हो, यदि सांसदहरू आएर कारणसहित राजीनामाका लागि आग्रह गर्छन् भने त्यसमा विचार गर्न सक्छु ।’

तर, सभामुख मण्डलले शनिवारकै विषयलाई इस्यु बनाउने काम गरे सांसदहरू उल्टै कारबाहीमा पर्नसक्ने चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय