मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले आज बिहान ११ बजे जनकपुरमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

उनले पत्रकार सम्मेलनमा विपक्षी दलहरूले लगाएका आरोपको खण्ड र आफ्नो नियुक्तिबारे प्रस्ट पार्ने बताइएको छ ।

संविधानको धारा १६८ को उपधारा (३) बमोजिम आइतबार तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुखमन्त्रीमा नियुक्त गर्दै शपथ गराएकी थिइन् । प्रदेश प्रमुख भण्डारीले अमर्यादित कार्य गरेको भन्दै सरकारले उनलाई हटाउन सिफारिस गरिसकेका छन् । भने नयाँ प्रदेश प्रमुखमा जनकपुरकै डा. सुरेन्द्र लाभलाई सिफारिस गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय