काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईं आइतबार मनोहरा सुकुम्बासी बस्तीमा पुगेका छन्।

सुकुम्बासीबस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदै गर्दा प्रसाईं सुकुम्बासीहरूको समर्थनमा देखा परेका हुन्। उनले त्यहाँ भेला भएका सुकुम्बासीहरूलाई सम्बोधन गर्दै काठमाडौं महानगरका मेयर बालेनविरुद्ध लड्न आफूले सहयोग गर्ने र मङ्सिर ७ गते देखि सुरु हुने आफ्नो अभियानमा समर्थन जनाउन सुकुम्बासीहरुलाई आह्वान समेत गरेका छन् ।

प्रसाईंले सुकुम्बासीलाई लछारपछार गर्नेको घर परिवारलाई पनि त्यस्तै गर्ने कडा चेतावनी दिए । उनले सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनीसमेत दिएका छन्।

दलहरूले सुकुम्बासीहरूलाई भोट बैंकको रूपमा मात्र प्रयोग गरेको बताउँदै प्रसाईंले आफूले भोट नमाग्ने बरु सबैलाई पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय