सिरहा । आस्था, पवित्रता, मातृत्वको प्रतीक रहेको सूर्य उपासनाको महापर्व छठको पूर्वसन्ध्यामा धनुषाको औरही गाउँपालिका ५ मा व्रतालु महिलाहरुलाई साडी प्रदान गरिएको छ ।


डा सिके राउत नेतृत्वको जनमत पार्टीका नेता, गैरआवासिय मधेश संघ अन्र्तराष्ट्रिय समितिका सल्लाहकार समेत रहेका धनुषा क्षेत्र नम्बर २ प्रतिनिधि सभाका दाबेदार स्थानीय व्यवसायी दिनेश साहुले आफ्नो गाउँ औरही गाउँपालिका ५ का १ सय ८ जना व्रतालु महिलाहरुलाई साडी प्रदान गरेको छ । महापर्व छठको शुभकामना दिदै नेता साहुले व्रतालुहरुलाई साडी उपलब्ध गराउँदै महापर्व उत्साह र उल्लासमय वातावरणमा मनाउन आग्रह समेत गरेका छन् । सूर्य उपासनाको विश्वमै अदभूत पर्व भएको र समुदायवीचमा सद्भाव कायम राख्ने भएको भन्दै महापर्वको शुभकामना दिएका छन् ।



