सिरहा नगरपालिका–८ महिसोथका युवाहरूले ‘हाम्रो गाउँ, हाम्रो समाज’ अभियान अन्तर्गत आफ्नै व्यक्तिगत लगानीमा गाउँका ४३ वटा पोलमा बत्ती जडान गरेका छन्।
गाउँमा अन्धकार हटाई सुरक्षित र उज्यालो वातावरण बनाउनका लागि गरिएको यो सामूहिक प्रयासले गाउँभरि नयाँ चमक ल्याएको छ। स्थानीय बासिन्दाहरूले युवाहरूको यो सकारात्मक र प्रेरणादायी कार्यको उच्च प्रशंसा गर्दै यस्ता पहलहरू निरन्तर जारी रहोस् भन्ने धारणा व्यक्त गरेका छन्।




