नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशन आह्वान गर्न माग गरेका छन् । उनीहरूले वर्तमान राजनीतिक परिस्थितिलाई ‘गम्भीर, संवेदनशील र ऐतिहासिक मोड’ भन्दै पार्टीले ढिलाइ नगरी महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिहरूले २३ र २४ भदौको जेन–जी आन्दोलनमार्फत समाजको चाहना स्पष्ट भएको र नयाँ पुस्ताले प्रदर्शन गरेको उत्साह र बलिदानले देशको राजनीतिक दिशालाई दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । तर, सो क्रममा भएका तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरूप्रति भने उनीहरूले गम्भीर आपत्ति जनाएका छन् ।

वक्तव्यमा भनिएको छ, ‘पार्टी विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको माग गर्ने अधिकार महाधिवेशन प्रतिनिधिहरूमा निहित छ । यस अधिकारको अवमूल्यन वा टारटुल गर्ने छुट कसैलाई पनि छैन ।’

उनीहरूले केन्द्रीय समितिको बैठक लम्ब्याउने प्रवृत्तिको विरोध गर्दै वर्तमान नेतृत्वले म्याद थपेर पार्टी सञ्चालन गर्ने नैतिक अधिकार गुमाइसकेको दाबी गरेका छन् । आगामी २१ फागुनका लागि घोषित प्रतिनिधिसभा निर्वाचनअघि पार्टीले नयाँ नीति र नेतृत्वसहित चुनावमा जानुपर्ने आवश्यकता औँल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय