काठमाडौँ। मधेस प्रदेशमा कांग्रेस-एमालेलाई बाहिर राखेर सरकार गठनको सहमती भएको छ। लोसपा संसदीय दलको नेतामा जितेन्द्र सोनलको नेतृत्वमा कांग्रेस एमाले इतर गठबन्धनको सरकार गठन गर्ने सहमती पाँच दलबीच भएको हो।
लोसपा, जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबीच यस्तो सहमती जुटेको माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहाले जानकारी दिए।

प्रदेस सभामा जसपाका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ। ‘हामीले बहुमत जुटएका छौँ,’ अहिले प्रदेश प्रमुखसँग दाबी पेस गर्न जाँदैछौँ,’ उनले भने।



