काठमाडौं : फिलिपिन्समा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको भूकम्प गएको छ। अधिकारीहरूले शुक्रबार बिहान मिन्दानाओ क्षेत्रमा भूकम्प आएपछि ‘विनाशकारी’ सुनामीको चेतावनी जारी गरेका छन्।
फिलिपिन्सका अधिकारीहरूका अनुसार सुनामीका सुरुवाती छालहरू स्थानीय समयअनुसार बिहान ११:४३ बजे आउने अनुमान गरिएको छ।

ज्वालामुखी र भूकम्प सम्बन्धी संस्थानले तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई ‘तुरुन्तै उचाइ भएको सुरक्षित स्थानतर्फ जान’ अनुरोध गरेको छ।



