काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग बिहीबार विभिन्न देशका राजदूतहरूले शिष्टाचार भेटवार्ता गरेका छन् ।भेटमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्विजरल्याण्डका राजदूतहरू सहभागी भएका थिए ।सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको छलफलमा नेपालको हित, समृद्धि, समसामयिक विषयहरू र विदेशी सहयोगका अवसरबारे विचारविमर्श गरिएको बताइएको छ ।




