(फाइल तस्विरमा भदौ २३ गते माइतीघर–नयाँ वानेश्वर सडकमा भएको जेन–जी पुस्ताको प्रदर्शन)

काठमाडौं– जेन–जी पुस्ताले भदौ २३ गते गरेको प्रदर्शनको आज असोज २३ गते एक महिना पूरा भएको छ ।काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको उक्त प्रदर्शनको क्रममा भदौ २३ गते नै २१ जना युवाहरु शहिद भएका थिए भने भदौ २४ गते भएको हिंसात्मक तथा विध्वंसक आन्दोलनपछि मृत्यु हुनेहरुको संख्या बढेर करिव ७५ पुगिसकेको छ ।उक्त प्रदर्शनका क्रममा घाइते भएका कतिपय युवाहरु अझै पनि विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् भने कतिपय घरमै स्वास्थ्य लाभ गरिरहेका छन् ।

सैबीच, जेन–जी पुस्ताको आन्दोलन एक महिना पुगेको दिन पारेर जेन–जीहरुको एउटा समुह एनटीईके–जेडले आज बिहीवार गर्ने भनिएको आन्दोलन स्थगित भएको छ ।

एनटीईके–जेड समूहले बुधवार साँझ विज्ञप्ति जारी गर्दै आज बिहीवार हुने शान्तिपूर्ण प्रदर्शन स्थगित भएको जानकारी गराएको हो ।

एनटीईके–जेड समूहले छलफल गरी आउने समयमा हुने शान्तिपूर्ण आन्दोलनको मिति जानकारी गराउने निर्णय गरेको समेत बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय