सिरहा । सिरहा नगरपालिकाले अस्थायी र करारका सबै कर्मचारीको सम्झौता रद्द गरेको छ ।
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले अस्थायी र करारमा राखिएका कर्मचारी नराख्न गरेको निर्देशनअनुसार सम्झौता रद्द गरेको हो । नगरपालिका अनुसार असोज १३ गतेदेखि करार र अस्थायी कर्मचारीसँग गरिएको करार रद्द गरिएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी वाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख नपाउने भनी निर्णय भए वमोजिम यस कार्यालय अन्तरगत स्वीकृत दरवन्दी वाहेकमा अस्थायी नियुक्ति भएका र करार सेवामा कार्यरत कर्मचारी, ज्यालादारीमा कार्यरत कर्मचारी तथा अन्य कर्मचारीहरुको मिति २०८२।६।१३ गते देखि लागु हुने गरी नियुक्ति र करार सम्झौता रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’




