काठमाडौँ । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि प्रशासनिक केन्द्र सिंहदरबार नयाँ सरकारको प्रतीक्षामा छ ।
२७५ मध्ये १८२ सिट जितेको रास्वपाले एकल सरकार गठन गर्ने तयारी गरिरहेको छ भने बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्ने निर्णय गरिसकेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आगामी सरकारका लागि सुशासन मार्गचित्र (ब्लु प्रिन्ट) तयार गरी ‘ब्रिफिङ’ दिने तयारी गरेको छ ।
भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र प्रभावकारी सेवाप्रवाहलाई केन्द्रमा राखेर उच्चस्तरीय समितिले प्रतिवेदन अन्तिम रूप दिएको हो ।
अर्थ र गृह मन्त्रालयसहित विभिन्न निकायले पनि नयाँ नेतृत्वअनुसार काम गर्न आ–आफ्नो सुधार योजना तयार गरिरहेका छन् ।
कर्मचारीतन्त्र नयाँ सरकारको नीति कार्यान्वयनमा केन्द्रित हुने बताइएको छ ।



