काठमाडाैं । नेपालको संविधान र कानुनहरूमा १८ वर्ष पूरा भएको नागरिकले मतदानमा भाग लिन पाउने व्यवस्था छ ।

तर निर्वाचन आयोगले बिहीबार जारी गरेको सूचनामा १६ वर्ष पुगेकाहरूले पनि मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने भनी सूचना निकाल्यो ।

कानुनमा भएको व्यवस्थासँग फरक हुने गरी निर्वाचन आयोगले किन दुई वर्ष घटायो ?निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले १६ वर्ष पुगेकाहरूले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने, तर १८ वर्ष पूरा भएपछि मात्रै मतदानको अधिकार हुने बताए ।

‘पहिले पनि १६ वर्ष पुरा भएकाहरूले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउथे, तर १८ वर्ष नपुगी भोट हाल्न मिल्दैनथ्यो,’ उनले भने, ‘२० फागुनसम्म १८ वर्ष पुरा भएकाहरूले मात्रै मतदान गर्न पाउने हुन् ।’

१८ वर्ष नपुगेका तर नाम दर्ता भएकाहरूको नाम अभिलेख प्रणालीमा रहने तर मतदाना नामावलीमा नहुने उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय