काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पाँच महिनाभित्र देशका ठुला सहरका सार्वजनिक स्थलहरूमा निःशुल्क वाई-फाई सञ्चालन गर्ने घोषणा आकर्षक भएपनि त्यसमा धेरै चुनौती र जटिलता भएको इन्टरनेट व्यवसायी विनय बोहराले टिप्पणी गरेका छन् ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) का पूर्वअध्यक्ष समेत रहेका बोहराले नीतिगत सुधारका लागि व्यावहारिक दृष्टिकोण आवश्यक पर्नेमा मन्त्री खरेको ध्यानाकर्षण गराए ।

फेसबुकमा एक स्टाटस लेख्दै बोहराले मन्त्री खरेल जेनजी पुस्ताको चाहना पूरा गर्ने जिम्मेवारीसहित मन्त्री बनेको उल्लेख गर्दै भने, “उनको पहिलो कदम सरोकारवालासँग भेटघाट गर्ने, ध्यानपूर्वक सुन्ने, विगतका नीति तथा कागजात अध्ययन गर्ने र कठिन प्रश्नहरू सोध्ने हुनुपर्छ ।”

मन्त्री खरेल मिडिया पृष्ठभूमिबाट आएका र अनुभवी टेलिभिजन व्यक्तित्व भएकाले आफ्नो क्षेत्रमा ज्ञानसम्पन्न भएको भएपनि यो मन्त्रालय सञ्चार, सूचना प्रविधि तथा दूरसञ्चारको केन्द्रीय निकाय भएकाले विगत, वर्तमान र भविष्यबारे छिटो ‘रिफ्रेसर’ आवश्यक हुने बोहराको भनाइ छ ।

मन्त्रीले कर्मचारीतन्त्र र सरोकारवालासँगको मिलेर काम गर्न सके प्रगति देखापर्ने उनको विश्वास छ ।

“नि:शुल्क वाई-फाई जस्ता योजना सरल र आकर्षक लागे पनि यसका आफ्नै जटिलता छन् । विभिन्न दृष्टिकोण सुनेपछि मात्रै यस्ता विषयलाई गहिराइमा बुझ्न सकिन्छ र निर्णय लिन सकिन्छ । यसरी मात्र दूरसञ्चार क्षेत्रलाई पुनर्जागृत गर्दै नेपालको डिजिटल रूपान्तरणलाई अगाडि बढाउन सकिन्छ,” बोहराले लेखेका छन् ।

“अपेक्षाहरू उच्च भएपनि समय छोटो भएकाले चुनौती धेरै छन् । हाम्रो तर्फबाट, यो यात्रालाई सफल बनाउन हरेक सम्भव तरिकाले योगदान गर्न तयार छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय