काँकरभिट्टा। चालु आर्थिक वर्ष २०८२(८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन–भदौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट मात्रै एक अर्ब ३९ करोड ८६ लाख ३० हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
यस अवधिमा काँकरभिट्टा नाकाबाट १६ हजार ३५२ किलोलिटर पेट्रोल ९मूल्य एक अर्ब ४२ करोड ७२ लाख रुपैयाँ०, नौ हजार ४ किलोलिटर डिजेल ९८४ करोड ४२ लाख रुपैयाँ०, चार हजार २३३ मेट्रिक टन एलपी ग्यास ९४० करोड ४९ लाख रुपैयाँ०, एक हजार ४८८ किलोलिटर एटिएफ ९१३ करोड २८ लाख रुपैयाँ० र २४८ किलोलिटर मट्टितेल ९दुई करोड २२ लाख रुपैयाँ० आयात भएको कार्यालयले जनाएको छ।




