सिरहा । सिरहामा १५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको हो ।  गत आइतबार (असोज ५ गते) रातिदेखि बेपत्ता भएका सिंहको शव आज बिहान ६ बजे उनको घर नजिकैको आधारभूत विद्यालयको गेटमा फेला परेको हो ।

उनको शव आधा जलेको अवस्थामा फेला परेको छ भने शरीरमा कुटपिट गरेको डामहरु पनि रहेको छ । यसबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

अभिषेकका परिवारले रातभरी खोज्दा पनि उनलाई नभेटिएपछि अपहरणमा परेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन पनि दिएका थिए । असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनको आमाको इमो आइडीमा ५ करोड फिरौती माग गरेको लिखित सन्देश आएपछि अभिषेकको अपहरण भएको पक्का भएको थियो । फिरौती माग गरिएको इमो सन्देशमा अंक र अक्षर दुवैमा ५ करोड उल्लेख गरिएको छ ।

अपहरणकारीले हिन्दीमा पठाएको सन्देश यस्तो थियो

 

अभिषेकका बुबा सञ्जय सिंहको ७ वर्ष अघि करेन्ट लागेर मृत्यु भएको थियो । बुवा आमाका एक्लो सन्तान अभिषेक आफ्नी आमा, हजुरबुबा र हजुरआमासँग गोलबजारमै बस्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय