सुनसरी – सुनसरीमा रोकिराखेको ट्रकमा बस ठोक्किदा दुई जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।

भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ३ पुल्चोकमा बिग्रिएर सडक छेउमा रोकेको ट्रकमा यात्रुबाहक बस ठोक्किएको हो । ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।

घाइतेहरुको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय