काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त यादव(सिके राउत) लाई अध्यक्ष पदबाट राजिनामा दिन २४ घण्टे अल्टिमेटम दिएका ६ नेताले सामुहिक राजिनामा दिएका छन् । उनीहरुले सीके राउत समक्ष सामूहिक रूपमा लिखित राजीनामा बुझाएका हुन् । राउतले यो समय राजिनामाका लागि यो समय उपयुक्त नभएको भन्दै उल्टै उनीहरूलाई पार्टी छोड्न सुझाव दिएका थिए ।

राजीनामा बुझाउने नेताहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा.शरतसिंह यादव, जनमत निकट युवा संघका संयोजक सञ्जयकुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य तथा केन्द्रीय सदस्य विक्रमबहादुर बम रहेका छन् ।

राजीनामाका कारण नेताहरूले पार्टीमा कार्यकर्ता र साधारण सदस्यको हित नरहेको, जेन्जी पुस्ताले बगाएका रगतको अपमान भएको भन्दै आफूहरू पार्टी छाड्न बाध्य भएको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय