काठमाडौँ । जेनजी आन्दोलनको नाममा  सिंहदरबार र सर्वोच्च अदालत जल्दा पनि दमकल नपठाएकोमा भएको आलोचनालाई काठमाडौँ महानगरपालिकाले खण्डन गरेको छ ।  महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दमकल जान सक्ने ठाउँमा तत्काल दमकल पठाएको भन्दै आज पत्रकार सम्मेलन मार्फत खण्डन गरेका हुन् ।

पाण्डेले सिंहदरबारमा २४ गते बेलुकै  सवा ८ बजेदेखि नै दुईवटा दमकल पुर्‍याएको दाबी गरेका छन् । ‘हामीले पहिले नै पठाउन खोजेका थियौँ । तर न्यूरोड लगायत क्षेत्रमा आन्दोलन जारी रहँदा सुरक्षाको कारणले पठाउन नसकेको हो । स्कर्टिङ गरेर समेत लैजान सकेनौँ । तर दमकल बेलुका नै पुर्‍याइसकेका थियौँ ।’

सिंहदरबार र सर्वोच्च अदालतमा दमकल पठाउन खोज्दा पनि सुरक्षाको कारण केहि ढिलाइ भएको उनले स्वीकार गरेका छन् ।  पाण्डेले आन्दोलनको कारण आगलागी भएको ठाउँमा निभाउन  ५ वटा दमकल परिचालन भएको बताएका छन् ।

उनले काठमाडौँ महानगरको दमकल २४ गते बेलुका सवा ८ बजेबाट २६ गते बिहानसम्म विभिन्न ठाउँमा लागेको आगो निभाउन परिचालन भएको दाबी गरे ।

उनले पानी फिलिङ गर्न समय लाग्छ भनेर पानी ट्याकंरहरुलाई अनुरोध गरेर तत्काल फिलिङ गर्ने व्यवस्था गरेर समेत दमकल परिचालन भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय