काठमाडाैं : जनमत पार्टीका शीर्ष नेताहरूले नै पार्टी अध्यक्ष डा. सिके राउतकाे राजीनामा माग गरेका छन् । उनीहरूले २४ घण्टाभित्र पदबाट राजीनामा दिन अल्टिमेटम नै दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा बुधबार ६ जना नेताहरूले हस्ताक्षर गरेर राजीनामाको माग गरेका हुन् । उनीहरूले अध्यक्ष राउतसँगै सङ्गठन विभाग प्रमुख जयकान्त राउतकाे पनि राजीनामा माग गरेका छन् ।

जनताको अथक प्रयासबाट पार्टी बनेको तर पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको मूल उद्देश्य, विचार र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न नसकेको भन्दै उनीहरूले राजीनामा मागेका हुन् ।

राजीनामा माग गर्नेमा खानसहित केन्द्रीय प्रवक्ता डा.शरतसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेशका इन्चार्ज राजाराम चौधरी, र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बम छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय