काठमाडौं । जेनजी आन्दोलनको क्रममा एक प्रदर्शनकारी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ उपरीक्षक एसपी श्यामबाबु ओलियाको नामसहितको पोशाक फुली र बर्दी लगाएका एक प्रदर्शनकारी पक्राउ परेका हुन् ।

प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय खुलाएको छैन। उनलाई कुन आरोपमा कारबाही गरिँदैछ भन्नेबारे पनि हालसम्म स्पष्ट जानकारी दिइएको छैन।

२४ भदौमा सामाजिक सञ्जालमा एक फोटो भाइरल भएको थियो, जहाँ ती प्रदर्शनकारी एसपी ओलियाको नाम टाँसिएको फुली र बर्दीमा देखिएका थिए। अहिले सो घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय