सिरहा । जेनजी आन्दोलनको समर्थनमा सिरहाको लहानमा पनि प्रदर्शन सुरु भएको छ।
मुख्य चौकमा स्वतन्त्र युवा, विद्यार्थी र केही राजनीति दलका युथहरुले विभिन्न नाराहरू लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन सुरु गरेका हुन्।

उनीहरूले टायर बालेर सरकारविरुद्ध नारा लगाएका छन्।
यसैबीच लहान नगरपालिकाले विद्यालयहरूमा एक दिनका लागि शोक बिदा दिएको छ।



