सिरहा । देशको पूरानोमध्येको एक सिरहा पुस्तकालयले १८औं पुस्तकालय दिवसमा अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ ।

‘हाम्रो पुस्तकालय, हाम्रो भविष्य’ मूल नारासँगै सिरहा पुस्तकालयको सभाहलमा अन्र्तक्रिया गरिएको हो । अन्तरक्रियामा वक्ताहरुले सिरहा पुस्तकालय देशको पूरामध्ये एक रहेको चर्चा गरेका छन् । पुस्तकालयको आवश्यकतालाई सवैले बुझ्नुपर्ने र बदलिदो परिवेश अनुसार उपयोग गर्नुपर्ने वक्ताहरुले अन्तरक्रियामा आआफ्ना धारणा व्यक्त गरेका छन् ।

सिरहा पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र कुमार कामतिको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रियामा पूर्व प्रध्यनाध्यापक एवं वरिष्ठ पत्रकार अनिरुद्र ठाकुर, नेपाल स्काउटका प्रदेश संयोजक दिनेश यादव, सिरहा नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मो. शमसाद आलम, वडा नम्बर ६ का अध्यक्ष इन्द्रजि गोठिया यादव, माध्यमिक विद्यालय रमौलका प्रअ मो. सनिउल्ला राईन, आधारभूत विद्यालय बसबिट्टाका प्रअ सत्रुधन प्रसाद यादव, लोसपा युवा नेता सूर्यकान्त यादव, सिरहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य इन्जिनियर रुपेश कुमार यादव लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए । सिरहा पुस्तकालय २०१२ सालदेखि औपचारिक रुपमा संचालनमा आएको हो । मधेश प्रदेशमै उत्कृष्ट पुस्तकालयको रुपमा सिरहा पुस्तकालय रहेको छ ।

अन्तरक्रिया कार्यक्रमको संचालन युवा अभियन्ता मो. नईम राईनले गरेका थिए भने स्वागत मन्त्वय सिरहा पुस्तकालयका उपाध्यक्ष भोगेन्द्र साहले व्यक्त गरेका थिए । सो अवसरमा पुस्तकालयका कार्यसमिति सदस्यहरु, विद्यालय कर्मचारी परिषदका पूर्व अध्यक्ष गंगा कामती, पत्रकारहरु बद्रीनारायण यादव, रुन्केश कामती, स्थानीय युवा जिवछ यादव, कार्यालय सचिव हृदय नारायण ठाकुर लगायत सहभागी थिए ।

मैनवत्ती प्रज्वलन
दिवसको अवसरमा सिरहा पुस्तकालय अगाडी मैनवत्ती प्रज्वलन गरिएको थियो । अध्यक्ष सुरेन्द्र कुमार कामतिको नेतृत्वमा विभिन्न क्षेत्रको व्यक्तिहरुको सहभागितामा साँझमा मैनवत्ती प्रज्वलन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय