सिरहा । सिरहा नगरपालिका–११ भलुवाहीमा बडादशैंको अवसरमा दुर्गा पूजा तथा मेला आयोजनाको लागि व्यवस्थापन समिति गठन गरिएको छ ।
सिरहा नगरपालिका–११ भलुवाहीमा अवस्थित ऐतिहासिक दुर्गा मन्दिरमा हरेक वर्षझैं यस वर्ष पनि बडादशैंको अवसरमा भव्य दुर्गा पूजा तथा मेला आयोजना गरिने भएको छ । पूजा कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन शनिबार मन्दिर प्राङ्गणमा सम्पन्न भेलाले एक व्यवस्थापन समिति गठन गरेको छ ।
समाजसेवी तथा मान्यजन जोगेन्द्र कामति (अधिकारी) को अध्यक्षता तथा सिरहा नगरपालिका–११ का वडा अध्यक्ष बिनोद कुमार कामती लगायत वडावासी, स्थानिय समाजसेवी, बुद्धिजिवी, यूवा, विद्यार्थी, किसानको सहभागितामा सम्पन्न भेलाले ‘नव दुर्गा पूजा समिति–२०८२’ गठन गरेको हो । नवगठित समितिको अध्यक्षमा फुले कामति, उपाध्यक्षमा दिनेश कामति, सचिवमा राम नारायण कामति, सह–सचिवमा सुरज कुमार गुप्ता, कोषाध्यक्षमा कपिलदेव कामति चयन भएका छन ।

समितिका सदस्यहरूमा सुनिल कामति, उमेश कामति, लक्ष्मि साहु हलुवाई, विशेश्वर कामति, राम शोभित कापडि, रविन्द्र ठाकुर, नथुनिया कामति, पतिराम कामति, लालवावु कामति र विरेन्द्र कामति रहेका छन् ।
बैठकले पूजा तथा मेला कार्यक्रमलाई मर्यादित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने निर्णय गर्दै सुरक्षा मापदण्डको पूर्ण पालना गरिने जनाएको छ ।
यसका अतिरिक्त अन्य समिति युवा, पुजा व्यवस्थापन, शान्ति सुरक्षा, महिला निगरानि, स्वयंसेवक लगायतका समिति गठन गरिने अध्यक्ष कामतीले बताए ।
स्थानीय धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको यस दुर्गा मन्दिरमा दशैंको समयमा हजारौं श्रद्धालुहरूको उपस्थितिका साथै भव्य मेला लाग्ने परम्परा रहेको छ ।



