काठमाडौं। त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्य केन्द्रिय विभागको प्रमुखमा राजन पौडेलले जिम्मेवारी पाएका छन्। विभागमै कार्यरत पौडेलले सोमबार नै विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका छन्।जनस्वास्थ्य विषयमा स्नातकोत्तर तह र एमफिलका गोडमेडलिष्ट पौडेलले विभागमा रहेर उनले विभागीय सुधारका लागि थुप्रै कामहरु गरेको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका कर्मचारीहरु बताउँछन्।





