JPG converted with https://ezgif.com/webp-to-jpg

मेक्सिको। मेक्सिकोकी राष्ट्रपति क्लाउिडिया सियनबोमले आफ्नो देशको भूभागमा अन्य देशको सेना प्रवेश गर्न नपाउने बताएकी छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागनलाई दक्षिण अमेरिकामा नै लागूऔषध कारोबारीलाई निर्मूल पार्न भनेपछि सियनबोमले सो कुरा बताएकी हुन्।अमेरिकी सेना मेक्सिको प्रवेश गर्ने छैनन्,’ सियनबोमले भनिन्, ‘हामी समन्वय गर्छौ। हामी सहकार्य पनि गर्छौ,। तर हाम्रो भूमिमा विदेशी सेनालाई प्रवेश गर्न दिँदैनौ।

शुक्रबार न्युयोर्क टाइम्सले ट्रम्पले गोप्य रूपमा विदेशी भूमिमा सेना प्रयोग गर्नका लागि हस्ताक्षर गरेको समाचार प्रकाशित गरेको थियो।यो वर्षको सुरुवातमा ट्रम्पले अमेरिकामा भित्रने गरेका अवैध लागूऔषधका आठ मध्यका ६ डब्बा मेक्सिकोबाट आउने गरेको बताएका थिए। सियनबमले मेक्सिकोको जानकारी बिना नै यसरी अमेरिकाका गए पनि सरकारले त्यसता विषयमा साथ नदिने बताएकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय