सिरहा । सीमावर्ती सिरहाको नवराजपुर गाउँपालिकाको सोनवर्षा चौक नजिकै प्रहरीले गोली चलाएर एक लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले एक राउन्ड गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी गराए।

घटनास्थलमा प्रहरीले थप खान तलासी गरिरहेको उनले बताए। लागुऔषध पनि फेला परेको छ।



