सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा नेकपा एमालेका नेता कार्यकर्ता आन्दोलित भएकाछन् ।
लक्ष्मीपुर पतारी गाउँपालिका विरुद्ध विपक्षी दल नेकपा एमालेका नेताहरु शुक्रबार जिल्ला प्रशासन कार्यालय सिरहा पुगेर ज्ञापन पत्र बुझाएकाछन् ।

नेकपा एमाले पालिका इन्चार्ज नेता देवनारायण साहका अनुसार बुधबार गाउँपालिकामा आन्दोलनरत रहदा तानाशाही प्रवृत्ति भएका अध्यक्ष चतुरा नन्द ठाकुर र कार्यालय प्रमुख अशोक सिंह गाउँपालिका कार्यालय बाट भागेका छन् । कार्यालय समय बितिसक्दा ताल्चा तोड्नु र आफु जनताका अगाडि फेस गर्न नसक्नुबाट व्यापक भ्रष्टाचारको गंन्ध आएको ठहर गरेको छ । भन्ने पालिका निवर्तमान अध्यक्ष नेकपा मधेश प्रदेश कमिटी सदस्य रामवल्प साहले आरोप लगाएकाछन् । पालिकामा लगाएको ताल्चा तोडेर अधिकृत र गापा अध्यक्ष दुबै जना गापा भन्दा बाहिर गएर कमिसनको हरहिंसाब मिलान गर्न गरेको आरोप समेत लगाएको छ । यहाँ सडक निर्माण, मर्मत, समान खरिद विभिन्न गैरसरकारी सँगसंस्थाहरु सँग कमिसन लिएर दर्जनौं कार्यक्रमहरु दुईसत्तामा कागजी मिलान गरी समाप्त गरेका छन् । यसलाई ढाकछोप गर्न जालझेल गरी गाउँपालिका अध्यक्ष चतुरा नन्द ठाकुरले प्रहरी प्रशासनको आडमा जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख सिते हाम्रो ( नेकपा एमाले) पार्टीका जिल्ला अध्यक्षलाइ फोन गर्न लगाएको र जिल्ला अध्यक्ष मार्फत जिल्ला प्रशासन कार्यलयमा जिल्ला प्रमुख अधिकारीको नेतृत्वमा छलफल गर्ने जानकारी आएपछि हामी संघर्षबाट पछि हटेर शुक्रबार जिल्ला प्रशासन कार्यलय गयौं । हामि त्यहाँ पुग्दा अध्यक्ष चतुरा नन्द ठाकुर फेरी त्यहाँ पनि अनुपस्थित थिए र छलफल हुने वातावरण नदेखिए पछि हामि उक्त ज्ञापन पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलयमा पेश गरी फक्र्यौँ । पालिका अध्यक्ष चतुरा नन्द ठाकुरको यो किसिमको गतिविधिले फेरी एक पटक नेकपा एमाले ससंकित भएको छ । अध्यक्ष चतुरा नन्द ठाकुरको यो हर्कतले कतै हाम्रो आन्दोलनलाइ कमजोर पार्ने षड्यन्त्र त होइन भन्ने विषयमा हामि गम्भीर छौ ।

नेकपा एमाले लक्ष्मीपुर पतारी गाउँपालिकाका जनताको आवाज बनेर अघि बढेको छ । कुनै पनि सर्तमा हामि पछि हट्दैनौ । तानाशाही अध्यक्ष चतुरा नन्द ठाकुरलाइ घुँडा टेकाएर छाड्ने नेता साहले बताए । नेपाल कम्युनिष्ट पार्टी एमाले लक्ष्मीपुर पतारी गाउँपालिका समिती सिरहाले मिति २०८२–०४–०७ गते विभिन्न माँग राखि गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय