सिरहा । साउनको पहिलो साता सकिन लाग्दा पनि मधेश प्रदेशका १ सय ३६ मध्ये ५७ वटा स्थानीय तहले अझै पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रविष्ट गराउन सकेका छैनन् ।

संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले १० असारभित्र बजेट सार्वजनिक गरिसक्नुपर्छ । तर अझै पनि ५७ पालिकाले त्यो काम गर्न सकेका छैनन् ।

सप्तरीका १८ पालिकामध्ये ७, सिरहाका १७ मध्ये ७, धनुषाका १८ मध्ये ११, महोत्तरीका १५ मध्ये २, सर्लाहीका २० मध्ये ७, रौतहटका १८ मध्ये ७, बाराका १६ मध्ये ७ र पर्साका १४ मध्ये ९ पालिकाले अझै बजेट प्रविष्ट नगरेका हुन् ।

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा स्थानीय तहले प्रविष्टि गरेको विवरणको आधारमा

कतिपय पालिकामा जनप्रतिनिधिबीचको विवाद त कतिपयमा कर्मचारीसँगको टकरावका कारण समयमै काम हुन नसकेको बताइन्छ । समयमा बजेट प्रविष्ट नगरे पालिकाहरूले संघीय सरकारबाट पाउने अनुदान कटाैती हुने प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय