ढाका (एजेन्सी): बंगलादेशको राजधानी ढाकामा लडाकु विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २७ पुगेको छ। वायुसेनाले तालिमका लागि प्रयोग हुने विमान विद्यालय परिसरमा खस्दा २७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी छन् ।उडेको केही समयमै ढाकास्थित मिलस्टोन स्कुल एन्ड कलेजमा दुर्घटनाग्रस्त भएको हो । ढाकास्थित माइलस्टोन कलेजमा सेनाको विमान ठोकिएपछि उद्धारमा खटेका दमकल कर्मचारी र स्वयंसेवकहरू बाङ्ग्लादेशको अन्तरिम सरकारका प्रमुखका सल्लाहकारले मृतकको सङ्ख्या बढेको मंगलबार बिहान पुष्टि गरेका हुन्।





