सिरहा जिल्ला अदालतमा एकै वर्षमा करिब पाँच हजार मुद्दा दर्ता भएको छ ।

पछिल्लो तीन वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला अदालत सिरहामा सवैभन्दा वढी मुद्दा दर्ता भएको हो । गत आर्थिक वर्ष २०८१/०८२ मा ४ हजार ९७९ वटा नयाँ मुद्दा दर्ता भएको हो । आर्थिक वर्ष २०८०/०८१ मा ४ हजार ३७९ र आर्थिक वर्ष २०७९/०८० मा ४ हजार ५१० वटा नयाँ मुद्दा दर्ता भएको थियो । गत आर्थिक वर्षमा जिल्ला अदालतमा नयाँ र पूरानो जिम्मेवारी सरेर आएको गरी ९ हजार १९१ जम्मा मुद्दा दर्ता भएको हो ।

जिम्मेवारी सरेर आएको ४ हजार २१२ र नयाँ ४ हजार ९७९ गरी ९ हजार १९१ मुद्दामध्ये ५७२० वटा मुद्दाको फछ्र्यौट भएको जिल्ला अदालत सिरहाले जनाएको छ । गत आर्थिक वर्षमा ६२.२३ प्रतिशत मुद्दाको किनारा लागेको अदालतका श्रेस्तेदार निरज पोखरेलले जनाएका छन् ।

जिल्ला अदालत सिरहाले ७ हजार ६८ वटा मुद्दा फछ्र्यौट लक्ष्य भएपनि ५ हजार ७२० वटा मात्र फछ्र्यौट गर्न सकेको छ । यस्तै गत आवमा जिम्मेवारी सरेर आएको २ वर्ष नाघेका १ सय ७४ वटा मात्र मुद्दाको फछ्र्यौट गर्न बाँकी रहेको श्रेस्तेदार पोखरेलले बताए ।

जिल्ला अदालत सिरहामा गत आवमा फरक मुद्दा व्यवस्थापन प्रणाली अन्तर्गतका सबै मुद्दा फछ्र्यौट गर्न सफलता मिलेको श्रेस्तेदार पोखरेलले बताए ।
विगत ३ आर्थिक वर्षयता सबैभन्दा बढी मुद्दा फछ्र्यौट भएको श्रेस्तेदार पोखरेलले दाबी गरेका छन् । २०७९/०८० मा ४८.२, आर्थिक वर्ष २०८०/०८१ मा ५०.८६ र गत आव २०८१/०८२ मा ६२ दशमलव २३ प्रतिशत मुद्दा फछ्र्योट भएको श्रेस्तेदार पोखरेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय