सिरहा । एसईई–२०८१ मा उत्तिर्ण भएका विद्यार्थीलाई माध्यमिक विद्यालय रमौलले सम्मान गरेको छ ।
माध्यमिक विद्यालय रमौलले एसईईमा उत्तिर्ण गरेका २६ जना विद्यार्थीलाई सम्मान गरेको हो । विद्यालयबाट एसईईमा सहभागी भएका ३५ जना विद्यार्थीमध्ये २६ जना उत्तिर्ण भएकोले उनीहरुलाई सम्मान गरिएको वडा अध्यक्ष मो. समसाद आलमले बताए ।

विद्यालयमा एक कार्यक्रमवीच एसईई उत्तिर्ण विद्यार्थीलाई हौसला वढाउन र उच्च शिक्षा आर्जन गर्न अभिप्रेरित गर्ने उदेश्यले सम्मान गरिएको वडा अध्यक्ष आलमले बताए । सिरहा नगरपालिका क्षेत्रमा रहेको सामुदायिक माध्यमिक विद्यालयमध्ये रमौलको परिणाम उत्कृष्ट आएकोले भन्दै वडा अध्यक्ष आलमले विद्यार्थीहरुलाई उच्च शिक्षा आर्जन गर्न शुभकामना पनि दिएको बताए ।
सो अवसरमा सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मो. इद्रिश राईन, प्रशासकीय अधिकृत बलिराम यादव, विद्यालयका प्रअ मो. सनाउल्लाह राईन, पूर्व वडा अध्यक्ष इजहारुल हक लगायतको उपस्थिती रहेको थियो ।



