काठमाडौं । बङ्गलादेशका संस्थापक शेख मुजीबुर रहमानको गृहनगर गोपालगञ्जमा बुधबार नेशनल सिटिजन पार्टी (एनसीपी) द्वारा आयोजित र्‍यालीका क्रममा भएको हिंसात्मक झडपमा कम्तीमा चार जनाको मृत्यु भएको छ ।समाचार पत्र प्रोथोम आलोका अनुसार, बङ्गबन्धु भनेर पनि चिनिने रहमानको गृहनगर त्यतिबेला युद्धक्षेत्रमा परिणत भयो जब उनकी छोरी तथा अपदस्थ प्रधानमन्त्री शेख हसिनाका सयौँ समर्थकहरूको प्रहरीसँग झडप भयो ।

यो झडप विद्यार्थी नेतृत्वको एनसीपीको प्रस्तावित मार्चअघि भएको थियो । अखबारका अनुसार मृतकमध्ये तीन जनाको पहिचान दीप्तो साहा (२५), रमजान काजी (१८) र सोहेल मुल्ला (४१) को रूपमा भएको छ । चिकित्सकहरूले बताएअनुसार मृत्यु हुनेहरू गम्भीर घाइते अवस्थामा गोपालगञ्ज जनरल अस्पताल ल्याइएका थिए । यसबाहेक, गोली लागेर घाइते भएका अन्य नौ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

एनसीपीमाथि आक्रमण गर्नेहरूविरुद्ध कडा कारबाही गर्ने उद्देष्यले अर्धसैनिक बल बोर्डर गार्ड बङ्गलादेश (बीजीबी) को चार अतिरिक्त प्लाटुन (लगभग २०० सैनिक) गोपालगञ्ज पठाइएको छ ।अन्तरिम सरकार प्रमुख मुहम्मद युनूसको कार्यालयले गोपालगञ्जमा बुधबार रात ८ बजेदेखि २२ घण्टाको कर्फ्यु लगाउने आदेश दिएको बताएको छ । उनले एनसीपीमाथि आक्रमण गर्ने दोषीहरूलाई उन्मुक्ति नदिइने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय