काठमाडौं- धनुषाको विदेह नगरपालिका–२ वैदेहीमा प्रहरी र तस्कर समूहबीच झडप भएको छ । बिहीवार साँझ ७ बजे भएको झडपमा सातजना सशस्त्र प्रहरी घाइते भएका छन् ।

वैदेहीको दुहबीस्थित नेपाल–भारत सीमानजिक भिडन्त हुँदा सातजना सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भिडन्तमा चार राउन्ड गोली र १३ सेल अश्रु ग्यास प्रहार भएको स्रोतले जानकारी दिए ।

शंका लागेर प्रहरीले सीमा क्षेत्रका घरमा खानतलास लिँदा तस्करहरूले आक्रमण गरेका हुन् र तस्करहरू कोही पनि नियन्त्रणमा नरहेको पनि स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय