गत १५ जेठदेखि यही १६ असारसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्णक्षति भएको छ । समीक्षा अवधिमा एउटा पुल, सातवटा गोठ र १४ चौपाया मरेका छन् ।

पहिरोबाट २ करोड २१ लाख बराबरको क्षति भएको छ । यसैगरी, बाढीका ६४ घटनामा चार जनाको मृत्यु भएको तथा चारजना नै घाइते भएका छन् । बाढीबाट १२३ परिवार प्रभावित भएका छन् ।
चारवटा घरमा क्षति भएको छ । चट्याङका ८२ वटा घटनामा आठ जनाको मृत्यु र २० जना घाइते भएका छन् ।
हुरीका ४५ घटनामा एक जनाको मृत्यु भएको तथा तीनजना घाइते भएका छन् । विपद्का घटनामा २६ करोड रुपैयाँको आर्थिक क्षति भएको छ ।




