सडक पूर्वाधार विकासले पहाड र मधेशवीचको व्यापार वढ्छ: पूर्वमन्त्री श्रेष्ठ

सिरहा । नेकपा एमालेका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री लीलानाथ श्रेष्ठले सिरहामा सञ्चालनमा रहेको विभिन्न योजनाहरुको स्थलगत अनुगमन गरेका छन् ।

सिरहादेखि उदयपुरसम्म जोड्ने सडकदेखि अन्य पूर्वाधार निर्माणको स्थलगत अनुगमन गरेका पूर्वमन्त्री श्रेष्ठले सडक सञ्जालले पहाडको सामग्री सिरहा हुँदै भारत र भारतको सामान सिरहाहुँदै पहाडी जिल्लाको पहुँच वढ्ने बताएका छन् । सदरमुकाम सिरहादेखि दक्षिणतर्फ निर्माणधीन रहेको ढल र सडक विस्तार कार्य, शंकर रंगशाला, १ हजार क्षमताको सभाहलदेखि उदयपुरसम्म जोड्ने सडकको स्थलगत अनुगमन गरेका छन् । सडक डिभिजन कार्यालय, लहानका टोली, निर्माण व्यवसायी सहित स्थलगत अनुगमन गरेका मन्त्री श्रेष्ठले निर्धारित समयमै काम सक्न र गुणस्तरीयता कायम राख्न निर्देशन दिएका छन् ।

सिरहाको माडर भन्सारलाई स्तोरोन्नती गर्न जग्गा खरिद गर्ने प्रकृया अघि वढाउने आफूले प्रयासरत रहेको भन्दै सिरहा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्वमन्त्री श्रेष्ठले पूर्वाधार विकासले सिरहाको विकासलाई गति मिल्ने बताएका छन् । सडक डिभिजन कार्यालय लहान सिरहाका प्रमुख र योजना निर्माणको सम्झौता गरेका निर्माण व्यवसायीलाई गुणस्तर निर्माणमा कुनै बहाना बनाउन नमिल्ने र कुनै गुनासो आएमा कारबाहीको प्रकृया अघि वढ्ने चेतावनी दिएका छन् ।

अहिले भएको बजेट अनुसार काम सक्ने र थप बजेटको निम्ति आफूले पहल गरिरहेको भन्दै पूर्वमन्त्री श्रेष्ठले माडर–सिरहा–चोहर्वा सडक चार लेनको बाँकी कार्यलाई पनि पूरा गराउन आफूले समन्वय गरिरहेको बताएका छन् । पूर्वमन्त्री श्रेष्ठसँगै संविधानसभाका पूर्व सभासद आशादेवी यादव, सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादव, विभिन्न वडाका वडाध्यक्षहरु लगायतको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!