माटो र ग्राभेल भन्दा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ: पूर्वमन्त्री श्रेष्ठ
सिरहा । नेकपा एमालेका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री लीलानाथ श्रेष्ठले विकासको नाउँमा माटो र ग्राभेलमा मात्र सिमित नहुन आग्रह गरेका छन् ।
सिरहाको गोलबजार नगरपालिकाको १३औं नगगरसभाको मंगलवार उद्घाटन गर्दै सिरहा क्षेत्र नम्बर ३ का संघीय सांसद समेत रहेका पूर्वमन्त्री श्रेष्ठले माटो र ग्राभेलले बनाउने सडक भन्दा गोलबजारमा शिक्षा र स्वास्थ्यको हब बनाउन बजेट खर्चिनुपर्छे बताएका छन् । शिक्षाको स्तर कमजोर भएको भन्दै पूर्वमन्त्री श्रेष्ठले शिक्षामा वढी लगाउनी गर्न आग्रह गरेका छन् । गोलबजारमा रहेको विद्यालयहरुमा प्राविधिक शिक्षालाई जोड दिनुपर्ने भन्दै उनले गोलबजार जिल्लाकै शैक्षिक हब बन्ने दावी गरेका छन् । यस्तै उनले गोलबजारमा स्वास्थ्य सुविधाको केन्द्रको रुपमा पनि विकास गर्न सकिने बताए । १५ सैयाको अस्पताल निर्माणधीन रहेको भन्दै अब संघीय र प्रदेशको सहयोगमा ट्रमा सेन्टर निर्माण गरिने बताएका छन् । ट्रमा सेन्टर निर्माणले पनि यस क्षेत्रमा स्वास्थ्यको सुविधाले हबको रुपमा विकास हुने भन्दै पूर्वमन्त्री श्रेष्ठले यसै अनुसार बजेट विनियोजन गर्न गोलबजार नगरपालिकाका नगरसभालाई आग्रह गरेका छन् ।


गोलबजारमा कृषि उत्पादन वढाउन सिचाईमा लगानी गर्नुपर्ने भन्दै पूर्वमन्त्री श्रेष्ठले गोलबजारमा चिस्यान केन्द्र निर्माणको पहल भईरहेको बताएका छन् । राष्ट्रिय गौरबको रुपमा गोलबजारमा चिस्यान केन्द्र, खेलमैदान, ट्रमा सेन्टर जस्ता योजनाहरु समावेश रहेको भन्दै पूर्वमन्त्री श्रेष्ठले यसका निम्ति आवश्यक जग्गाहरुको वारेमा गोलबजार नगरपालिकाले तत्काल प्रकृया पूरा गरी अगाडी बढ्न सुझाव दिएका छन् । पूर्वमन्त्री श्रेष्ठले गोलबजार नगरपालिकाका निर्वाचित जनप्रनिधिलाई नागरिकको आवश्यकता र हितमा हुने गरी बजेट विनियोजन गर्न सुझाव दिएका छन् ।
गोलबजार नगरपालिकाको १३औं नगरसभामा उपमेयर मान्ती साहले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ८१ करोड ८९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेकी छिन् । संघीय वित्तिय समानीकरण अनुदान १४ करोड ४७ लाख, संघीय सर्शत अनुदान ३० करोड ५८ लाख, संघीय राजश्व बाँडफाँडबाट १२ करोड ८७ लाख, विशेष अनुदानबाट ६३ लाख, सम्पूरक अनुदान ६५ लान, प्रदेश वित्तिय समानीकरण अनुदान १ करोड, प्रदेश सर्शत अनुदान १ करोड, प्रदेश विशेष अनुदान ५० लाख, प्रदेश सम्पूरक अनुदान ३० लाख, आन्तरीक आयबाट १८ करोड ९० लाख र गत वर्षको अल्या १ करोडको अनुमान गरेको छ ।

गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको नगरसभाको उद्घाटन शत्रमा प्रदेश सांसद मनोज सिंह, जिल्ला समन्वय समिति सिरहाका उपसभापति दिलिप लामा, विभन्न राजनीतिक दलका प्रतिनिधि, नगरसभाका सदस्यहरुको सहभागिता रहेको थियो । उद्दघाटन सत्र समापन कार्यक्रममा मेयर श्याम श्रेष्ठले विभिन्न क्षेत्रबाट प्राप्त सुझावलाई समेट्न प्रयत्न गर्ने बताएका छन् ।
जिल्लाका १७ मध्ये १६ स्थानीय तहको सभा
सिरहा जिल्लाका १७ स्थानीय तह रहेको छ । ८ नगरपालिका र ९ गाउँपालिका रहेको सिरहा जिल्लामा १६ वटा स्थानीय तहले नगरसभा सम्पन्न गरेको छ ।
कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, कल्याणपुर नगरपालिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका, लहान नगरपालिका, सुखीपुर नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नवराजपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका, औरही गाउँपालिका, अर्नमा गाउँपालिका, विष्णुपुर गाउँपालिका, नरहा गाउँपालिकाले नगरसभा सम्पन्न गरेको छ ।
यता सिरहा नगरपालिकाले आफ्नो निर्धारित असार १० गतेभित्र नगरसभा गर्न असफल भएको छ । सिरहा नगरपालिकाले नगरसभा कहिले गर्ने अझैं टुंगो लागेको छैन् । नगरसभाको विषयमा आन्तरीक रुपमा छलफल भएपनि मिति यकिन हुन नसकेको नगरपालिकाले जनाएको छ ।
कुन स्थानीय तहको बजेट कति ?
लहान नगरपालिका : १ अर्ब ६७ करोड ९५ लाख २८ हजार ६०१ रुपैयाँ
गोलबजार नगरपालिका : ८१ करोड ८९ लाख ८९ हजार रुपैयाँ
मिर्चैया नगरपालिका : ७० करोड ११ लाख ७९ हजार ८४३ रुपैयाँ
कर्जन्हा नगरपालिका : ४२ करोड ९१ लाख ११ हजार २७१ रुपैयाँ
धनगढीमाई नगरपालिका : ६८ करोड ९ लाख ७४ हजार ८६६ रुपैयाँ
सुखीपुर नगरपालिका : ६२ करोड ८६ लाख ९ हजार २२६ रुपैयाँ
कल्याणपुर नगरपालिका : ५८ करोड ३१ लाख ३३ हजार ५०३ रुपैयाँ
औरही गाउँपालिका : ४० करोड ८३ लाख ९ हजार १५ रुपैयाँ
अर्नमा गाउँपालिका : ४९ करोड ९६ लाख रुपैयाँ
नवराजपुर गाउँपालिका : ४३ करोड ८६ लाख ७५ हजार २०० रुपैयाँ
भगवानपुर गाउँपालिका : ४८ करोड ४४ लाख ३१ हजार ९४७ रुपैयाँ
लक्ष्मीपुर पतारी गाउँपालिका : ४३ करोड ३४ लाख ५१ हजार रुपैयाँ
विष्णुपुर गाउँपालिका : ४३ करोड ९४ लाख ५१ हजार २५१ रुपैयाँ
सखुवानन्कारकट्टी गाउँपालिका : ३७ करोड ४० लाख ४ हजार ३०२ रुपैयाँ
नरहा गाउँपालिका : ३८ करोड ८६ लाख ९५ हजार रुपैयाँ
बरियारपट्टी गाउँपालिका : ४५ करोड ६८ लाख ८१ हजार ९१८ रुपैयाँ



