सिरहा । सिरहा नगरपालिकाले विद्यमान ऐन, कानुन विपरीत काम गरेको भन्दै सवैभन्दा वढी उजुरी अख्तियारमा परेको छ ।
सिरहा जिल्लाको १७ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी उजुरी सिरहा नगरपालिका विरुद्ध रहेको हो । सिरहा नगरपालिकासँग विभिन्न विषयको ९४ वटा उजुरी चालु आर्थिक वर्ष २०८१/०८२ मा दर्ता गरिएको छ । जसमध्ये ५३ वटा उजुरी फछ्र्यौट भएको छ । अख्तियार दुरुपयोग अनुसंधान आयोगको बर्दिबास कार्यालय अनुसार ४१ वटा उजुरीमाथि छानबिन भईरहेको छ ।

स्थानीय तह स्तरीय अन्तरक्रिया अख्तियारका शाखा अधिकृत शर्मिला पौडेलले प्रस्तुत गरेको तथ्यांकमा सिरहा नगरपालिका पहिलो नम्बरमा रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले चालु आर्थिक वर्ष २०८१/०८२ को जेठ २० गते सम्ममा सिरहा जिल्लाको १७ वटै स्थानीय तहविरुद्ध ५ सय २६ उजुरी परेको तथ्यांक सार्वजनिक गरेको छ । शाखा अधिकृत पौडेलका अनुसार उजुरी परेकामध्ये २ सय ७१ वटा मुद्दा फछर्यौट भइसकेको र बाँकी २ सय ५५ प्रक्रियामा रहेको छ ।
सवैभन्दा वढी उजुरी पर्ने दोस्रो नम्बरमा औरही गाउँपालिका रकेको छ । औरही गाउँपालिका विरुद्धमा ७३ उजुरीमध्ये ४१ फछर्याैट भएको छ । तेस्रोमा लहान नगरपालिका रहेको छ । लहान नगरपालिकाविरुद्ध ६१ उजुरीमध्ये १७ फछर्याैट भएको छ । यस्तै गोलबजार नगरपालिकाविरुद्ध ५९ उजुरीमध्ये २९ वटा फछर्याैट भएको छ । धनगढीमाई नगरपालिकाविरुद्ध ३५ वटा उजुरीमध्ये २२ फछर्याैट भएको छ । विष्णुपुर गाउँपालिकाविरुद्ध २८ वटा उजुरीमध्ये २२ फछर्याैट भएको छ । मिर्चैया नगरपालिकाविरुद्ध २६ वटा उजुरीमध्ये १४ फछर्याैट भएको छ ।
त्यस्तै भगवानपुर गाउँपालिकाविरुद्ध २३ मध्ये १५ वटा फछ्र्याैट भएको छ । सुखीपुर नगरपालिकाविरुद्ध २१ वटा उजुरीमध्ये ११ फछर्याैट भएको छ । कल्याणपुर नगरपालिकाविरुद्ध १९ वटा उजुरीमध्ये ९ फछ्र्याैट भएको छ । नरहा गाउँपालिकाविरुद्ध १९ उजुरीमध्ये १३ फछर्याैट भएको छ । लक्ष्मीपुर पतारी गाउँपालिकाविरुद्ध १७ उजुरीमध्ये ४ फछर्याैट भएको छ । अर्नमा गाउँपालिकाविरुद्ध १३ उजुरीमध्ये ४ फछर्याैट भएको छ । बरियारपट्टी गाउँपालिकाविरुद्ध १२ उजुरीमध्ये ५ फछर्याैट भएको छ । सखुवानान्करकट्टी गाउँपालिकाविरुद्ध १० उजुरीमध्ये ६ फछर्याैट भएको छ । कर्जन्हा नगरपालिकाविरुद्ध ८ उजुरीमध्ये १ फछर्याैट भएको छ । नवराजपुर गाउँपालिकाविरुद्ध ८ वटा उजुरीमध्ये ५ फछ्र्याैट भएको र बाँकी उजुरीमा अनुसन्धान भईरहको शाखा अधिकृत पौडेलले बताएकी छिन् ।
विद्यमान ऐन, कानून र अख्तियारी विपरीतका कामहरु वढी भईरहँदा स्थानीय तह विरुद्धमा वढी उजुरी अख्तियार दुरुपयोग अनुसंधान आयोगमा पर्ने गरेको जानकारहरु बताउँछन् । धेरै जसो स्थानीय तहमा सुशासनको नाउँमा व्यापक खेलांची भईरहेकोले पनि उजुरी बढ्दै गएको धारणा राखेका छन् ।



