प्रदेश नं २समाचार

जनकपुर विमानस्थलबाट जनावरको छालासहित यात्रु पक्राउ

ADVERTISEMENT
ADVERTISEMENT

जनकपुरधाम । जनकपुर विमानस्थलबाट वन्यजन्तु सुनगोहरोको जस्तो देखिने २ थान छाला सहित प्रहरीले यात्रुलाई पक्राउ गरेको छ ।

ADVERTISEMENT

जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित एयरपोर्टबाट वन्यजन्तु सुनगोहरोको जस्तो देखिने २ थान छाला सहित महोत्तरी बर्दीबास नगरपालिका ११ खैरमारा घर भएका ४३ वर्षीय दोर्जे लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ADVERTISEMENT

जनकपुरबाट काठमाडौं जान लागेका लामालाई विमान स्थल प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र उक्त छाला फेला पारेपछि उनलाई पक्राउ गरेको थियो । लामालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय धनुषाले जनाएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button