सिरहा । मुद्दा मिलाई दिन्छु भनि रकम ठगी गरेको आरोपमा सिरहा प्रहरीले एकजनालाई पक्राउ गरेका छ ।
सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाई दिने आश्वसन दिइ एक लाख ७० हजार ठगी गरेको आरोपमा प्रहरीले सोमवार सिरहाको बिष्णुपुर गाउँपालिका–१, गौरीपुरका प्रमोद कुमार महतोलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका निमिति कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र कुमार पासवानका अनुसार आरोपी महतोले सवारी ज्यान मुद्दा नं. ३६६ को अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका सिरहा नगरपालिका–१६ माडरका विवेक यादवलाई छुटाइ दिने आश्वासन दिँदै उनकी आमा रानीदेवी यादवसँग रकम लिएको बताएकाछन् ।

महतोले यादवकी आमासँग गत २७ असारमा एक लाख ७० हजार रुपैयाँ लिएको उजुरीको आधारमा पक्राउ गरिएको डिएसपी पासवानले जानकारी दिए ।
उनका अनुसार महतोलाई सोमबारदेखि नै लागु हुनेगरी मंगलबार सिरहा जिल्ला अदालतबाट चार दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ । ‘प्रहरीसँग सम्बन्धित कुनै पनि काम गराइदिन्छु भन्दै कसैले रकम माग गरेमा तत्काल प्रमाणसहित जिल्ला प्रहरीमा उजुरी दिन आग्रह गर्छु,’ उनले भने, ‘प्रहरीको सम्पूर्ण सेवा निःशुल्क छ ।’ सिरहा । मुद्दा मिलाई दिन्छु भनि रकम ठगी गरेको आरोपमा सिरहा प्रहरीले एकजनालाई पक्राउ गरेका छ ।

सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाई दिने आश्वसन दिइ एक लाख ७० हजार ठगी गरेको आरोपमा प्रहरीले सोमवार सिरहाको बिष्णुपुर गाउँपालिका–१, गौरीपुरका प्रमोद कुमार महतोलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका निमिति कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र कुमार पासवानका अनुसार आरोपी महतोले सवारी ज्यान मुद्दा नं. ३६६ को अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका सिरहा नगरपालिका–१६ माडरका विवेक यादवलाई छुटाइ दिने आश्वासन दिँदै उनकी आमा रानीदेवी यादवसँग रकम लिएको बताएकाछन् ।

महतोले यादवकी आमासँग गत २७ असारमा एक लाख ७० हजार रुपैयाँ लिएको उजुरीको आधारमा पक्राउ गरिएको डिएसपी पासवानले जानकारी दिए ।
उनका अनुसार महतोलाई सोमबारदेखि नै लागु हुनेगरी मंगलबार सिरहा जिल्ला अदालतबाट चार दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ । ‘प्रहरीसँग सम्बन्धित कुनै पनि काम गराइदिन्छु भन्दै कसैले रकम माग गरेमा तत्काल प्रमाणसहित जिल्ला प्रहरीमा उजुरी दिन आग्रह गर्छु,’ उनले भने, ‘प्रहरीको सम्पूर्ण सेवा निःशुल्क छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय