सिरहा । महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन २०८२ अनुसार सिरहाका १७ स्थानीय तहमध्ये विष्णुपुर गाउँपालिकामा सबैभन्दा बढी र कल्याणपुर नगरपालिकामा सवैभन्दा कम बेरुजु देखिएको छ । सार्वजनिक गरिएको प्रतिवेदन अनुसार विष्णपुर गाउँपालिकामा १४.३३ प्रतिशत बेरुजु देखिएको हो । विष्णुपुरको बेरुजु रकम १२ करोड १२ लाख ६८ हजार रुपैयाँ रहेको छ । भने सबैभन्दा कम बेरुजु कल्याणपुर नगरपालिकाको रहेको छ । कल्याणपुर नगरपालिकाको बेरुजु ०.६५ प्रतिशत अर्थात् ९९ लाख ३० हजार रुपैयाँ रहेको छ ।

विष्णपुर गाउँपालिकाको गत आर्थिक वर्षमा १०.३० प्रतिशत अर्थात ८ करोड ९ लाख ३५ हजार रुपैयाँ रहेको थियो । यस्तै नरहा गाउँपालिकाको गत वर्ष ११.२० प्रतिशत अर्थात ९ करोड ४३ लाख ३४ हजार रुपैयाँ बेरुजु रहेको थियो ।

कुन पालिकाको कस्तो
सिरहा जिल्लाका १७ वटै पालिकामा बेरुजु रकम कायम भएको छ । विद्यमान कानुन अनुसार खर्च नगर्ने परिपाटीका कारणले सिरहा जिल्लाका १७ वटै स्थानीय तहमा बेरुजु रकम बढ्दै गएको छ । सार्वजनिक गरिएको प्रतिवेदन अनुसार दोस्रो धेरै बेरुजु हुनेमा नरहा गाउँपालिका रहेको छ । नरहा गाउँपालिकामा १०.६८ प्रतिशत (७ करोड ९४ लाख ९२ हजार रुपैयाँ) र तेस्रोमा कर्जन्हा नगरपालिकामा ८.३५ प्रतिशत (९ करोड ३९ लाख ३३ हजार रुपैयाँ) रहेको छ ।

यस्तै सुखिपुर नगरपालिकामा (५.८८%), सुखुवानान्कारकट्टी गाउँपालिका (५.६१%), सिरहा नगरपालिका (५.०२%), औरही गाउँपालिका (४.५४%), भगवानपुर गाउँपालिका (३.३८%), गोलबजार नगरपालिका (१.९३%), नवराजपुर गाउँपालिका (१.८६%), मिर्चैया नगरपालिका (१.८०%), धनगढीमाई नगरपालिका (१.६९%), अर्नमा गाउँपालिका (१.४९%), लक्ष्मीपुर पतारी गाउँपालिका (१.३७%), बरियारपट्टी गाउँपालिका (१.३३%) र लहान नगरपालिका (०.७९%) रहेको छ ।
सिरहा जिल्लाका १७ वटै स्थानीय तहको बेरुजु रकम ७८ करोड ४ लाख ४९ हजार रहेको छ ।

कानूनले के भन्छ ?
आर्थिक कार्यविधि ऐन–२०५५ अनुसार बेरुजु भन्नाले प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रीत नपुरयाई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याएको वा ठहराएको कारोबार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!