
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् ।
शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यतालिका थियो । तर, सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवा विदेशमा रहेको र विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने भएपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका हुन् ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने कार्यक्रम शुक्रबारका लागि स्थगित भएको बताए । कांग्रेस सभापति देउवा उपचारका लागि विदेशमा छन् भने प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखाको बारपाकमा छन् ।