सिरहा नगरपालिकाका तात्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले कानून विपरीत टेण्डर प्रकाशनदेखि स्वीकृत गरेको छ ।

सिरहा नगरपालिकाले गत चैत १९ मा विभिन्न वडाका पूर्वाधार निर्माण गर्न बोलपत्र प्रकाशन गरेको छ । जरुवा टोलको हनुमान मन्दिर देखि दक्षिण आधारभूत स्कूलसम्मको सडक मर्मत कार्य, हुलाकी सडकको भजनाहाको कुशे गुमैताको घरसम्मको सडक मर्मत कार्य, सिरहा चोहर्वा खण्डको सारस्वरसम्मको सडक मर्मत कार्य र सुखिया पोखरीदेखि आधारभूत स्कूलसम्मको सडक मर्मत कार्यको ठेक्का मिलोमतोमा स्वीकृत गरेको हो ।

सिरहा र धनुषाका २५ वटा निर्माण व्यवसायीले बोलपत्र दर्ता गर्न खरिद गरेका थिए । सो बोलपत्र मिलोमतोमै स्वीकृत गरिदिएको छ । तात्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव संयोजक रहेको समितिले बोलपत्र स्वीकृत गरेको छ । सो बोलपत्रमा साढे १० लाख रुपैयाँ निर्माण व्यवसायीसँग संकलन गरी नगरपालिका र बोलपत्र दर्ता नगराएका १३ वटा निर्माण व्यवसायीलाई वितरण गरिएको छ ।

समान्य प्रशासन मन्त्रालयले माघ ९ मा नै तात्कालिन निमित्ति  प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई आर्थिक र प्रशासनिक जिम्मेवारीबाट मुक्त गरेको थियो । मन्त्रालयको २०८१ वैशाख १० को निर्णयलाई कार्यान्वयन गर्दै उनलाई जिम्मेवारीमुक्त गरेका थिए । जिम्मेवारी मुक्त भएका उनले अधिकार विपरीत टेण्डर प्रकाशनदेखि स्वीकृतसम्म गरेको छ । चैत १९ मा टेण्डर प्रकाशन गरी २०८२ वैशाख ७ मा स्वीकृत भएको भन्ने आशय पत्र प्रकाशित गरेको छ । यो प्रकृया ऐन कानून विपरीत भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहाका निमित्त प्रमुख इन्द्र कर्णले बताए ।

ऐन, कानून विपरीत नगरपालिकालाई आर्थिक नोक्सानी हुनेगरी न्यून बिलोमा टेण्डर मिलोमतोमा स्वीकृत गरिएको विषय गम्भीर भएको स्थानीयहरुले बताएका छन् । सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मो. इद्रिस राईनले टेण्डरको विषयवारे सञ्चारमाध्यममा कुरा उठेको र आफू भर्खरै जिम्मेवारी सम्हालेको बताएका छन् । यस विषयमा आन्तरीक कुरा बुझेपछि आफ्नो धारणा व्यक्त गर्ने प्रमुख प्रशासकीय अधिकृत राईनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!