
सिराहा । “समृद्ध मधेश प्रदेशका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा” भन्ने मुल नाराका साथ सिरहा नगरपालिकाको सभाहलमा तीन दिने नमूना नगर युवा संसद अभ्यास कार्यक्रम सोमबारदेखि सुरु भएको छ।
कार्यक्रम सिरहा नगरपालिकाको समन्वयमा, प्रदेश युवा सञ्जाल मधेश प्रदेशको सहकार्यमा र मधेश प्रदेश सरकार, खेलकुद तथा समाज कल्याण मन्त्रालय, जनकपुरधामको आयोजनामा सुरु गरिएको हो। वैशाख ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने यो अभ्यास कार्यक्रमले स्थानीय तहमा युवाहरूको संघीय, प्रदेश र स्थानीय तहको संरचना, राज्यका प्रमुख तीन अंग (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका), शक्ति पृथकीकरण, नगर सभाको बनावट, अधिकार, सञ्चालन कार्यविधि, लोकतान्त्रिक मूल्य र युवा दर्शन योगदान पुर्याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा सिरहा नगरपालिकामरका १देखि २२ वडा सम्मका युवाहरूको सक्रिय सहभागिता देखिएको छ। युवा संसद अभ्यासमार्फत उनीहरूलाई वास्तविक नगर सभाको अनुभूति दिलाउने र आफैं नगर सभा सञ्चालन गर्दै युवाहरूका मुद्दा उठाउने, बहस गर्ने र निर्णय लिने अभ्यास प्रस्तुतीकरण गर्ने मौका प्रदान गरिने छ।
प्रशिक्षकहरूले राष्ट्रिय युवा नीति २०७२, युवा भिजन २०२५ र युवासम्बन्धी अन्य नीति, निर्देशन र कार्यक्रमहरूबारे समेत युवाहरूलाई जानकारी गराउने बताएकाे छ ।
नगरप्रमुख डा. नवीन कुमार यादव युवाहरू स्वदेशमै केही गरेर देश समृद्ध बनाउन आवश्यक छ बताए । कार्यक्रमको अध्यक्षता प्रदेश युवा सञ्जाल मधेश प्रदेशका अध्यक्ष मो. नइम राईनले वर्तमान समयका युवाहरूले संविधान र कानूनको बृहत् ज्ञान लिन जरुरी रहेको बताए। प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले कार्यक्रममा युवाहरूलाई सम्बोधन गर्दै भने, “युवाहरू राष्ट्र निर्माणका आधार हुन्। तपाईंहरूमा अपार सम्भावना छ, र तपाईंहरूको सक्रिय सहभागिताले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ।”
कार्यक्रममा सिरहा नगरपालिका वडा नं. १ देखि २२ वडासम्मका १६ देखि २४ वर्ष उमेर समूहका ३० जना युवाहरूको सहभागिता रहेको छ । प्रमुख प्रसशकिय अधिकृत माे. ईदरिश राईन, शाखा प्रमुख, स्थानीय नागरिक, पत्रकार, बुद्धिजीवी लगायतको पनि उपस्थिति रहेको थियो।