
सिरहा नगरपालिकाले नगरको विभिन्न वडाका निम्ति बोलपत्र गरेको चार वटा योजना आर्थिक लेनदेन गरी स्वीकृत गरेको छ ।
नगरपालिकाको कर्मचारीको केही निर्माण व्यवसायीसँगको सेटिङमा टेण्डर प्रकृयालाई स्वस्थ्य प्रतिस्पर्धा हुन दिएको छैन् । निर्माण व्यवसायीको सिन्डिकेड कायम गरी सिरहा नगरपालिकाका तात्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृतकै मिलोमतोमा टेण्डर स्वीकृत गरेको हो ।

सिरहा नगरपालिकाले जरुवा टोलको हनुमान मन्दिर देखि दक्षिण आधारभूत स्कूलसम्मको सडक मर्मत कार्य, हुलाकी सडकको भजनाहाको कुशे गुमैताको घरसम्मको सडक मर्मत कार्य, सिरहा चोहर्वा खण्डको सारस्वरसम्मको सडक मर्मत कार्य र सुखिया पोखरीदेखि आधारभूत स्कूलसम्मको सडक मर्मत कार्यको ठेक्का मिलोमतोमा स्वीकृत गरेको हो । नगरपालिकाले चैत १९ मा बोलपत्रको सूचना प्रकाशित गरेको थियो । सिरहा र धनुषाका २५ वटा निर्माण व्यवसायीले बोलपत्र दर्ता गर्न खरिद गरेका थिए । मिलोमतो भएपछि प्रत्येक योजनामा प्रकृया पुर्याउने गरी तीन तीन वटा निर्माण व्यवसायीले मात्र टेण्डर दर्ता गराएका थिए । १३ वटा निर्माण व्यवसायलाई योजना हात पार्ने निर्माण व्यवसायीसँग १० लाख ५० हजार रुपैयाँ संकलन गरी वितरण गरिएको छ ।
नगरपालिका कार्यालयका कर्मचारीलाई ७० हजार र टेण्डर दर्ता नगराएका १३ वटा निर्माण व्यवसायीलाई १५ देखि २० हजार रुपैयाँका दरले वितरण गरिएको एक निर्माण व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् ।
आशय पत्रले मिलोमतो देखाउँदै
टेण्डर प्रकृयामा मिलोमतो भएको बलियो प्रमाणको रुपमा सिरहा नगरपालिकाले आईतवार सार्वजनिक गरेको टेण्डरको आशय पत्र रहेको छ । जरुवा टोलको हनुमान मन्दिर देखि दक्षिण आधारभूत स्कूलसम्मको सडक मर्मत कार्यको ठेक्का मालया कन्स्ट्रक्सन धनगढीमाई नगरपालिका ११ लाई १८ लाख ९८ हजार ६२० रुपैयाँमा परेको छ । यस्तै हुलाकी सडकको भजनाहाको कुशे गुमैताको घरसम्मको सडक मर्मत कार्यको ठेक्का १९ लाख ६ हजार ५७१ मा मालया कन्स्ट्रक्शनलाई नै परेको छ । यस्तै सिरहा चोहर्वा खण्डको सारस्वरसम्मको सडक मर्मत कार्य १९ लाख ५ हजार ८१५ र सुखिया पोखरीदेखि आधारभूत स्कूलसम्मको सडक मर्मत कार्य १९ लाख ५ हजार ८१५ मा यदुवंशी निर्माण सेवा जनकपुरधामलाई परेको छ । चार वटा योजना दुई/दुई वटा गरी दुवै निर्माण व्यवसायीलाई परेको छ ।
नगरपालिकाको भ्रामक विज्ञप्ती
सिरहा नगरपालिकाले टेण्डर प्रकृयामा मिलोमतो गरेको विषयलाई पन्छाउन खोज्दै विज्ञप्ती प्रकाशित गरेको छ । २५ मध्ये प्रकृया पुर्याउन १२ वटा निर्माण व्यवसायीले मात्र टेण्डर दर्ता गरेको यर्थात विपरीत नगरपालिकाका तात्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले विज्ञप्ती जारी गर्दै गरेको हो । टेण्डर प्रकृयामा मिलोमतो नभएको दावी गरिएपनि आशय पत्र प्रकाशनले मिलोमतोलाई बल पुगेको छ ।
आर्थिक प्रशासनिक अधिकार नभएको कर्मचारीले नयाँ टेण्डर लगाउन नपाउने जानकारी हुदाँ हुदै कसरी तात्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृतले नयाँ टेण्डरको सूचना निकाल्यो र कसरी टेण्डर मूल्यांकानको स्वीकृत गर्यो । यस सम्बन्धमा तात्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवसित बुझ्दा आर्थिक प्रशासनिक अधिकार गत माघ १० गते देखि संघीय मन्त्रालयले रोक्का गरेको र नियले आफु नयाँ टेण्डरको मूल्यांकन स्वीकृत गर्ने अधिकार नभएको बताए ।
आशय पत्र
विज्ञप्ती
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र