सिरहा । प्रदेशको गौरबको अस्पतालको रुपमा रहेको प्रादेशिक अस्पताल सिरहामा मुख्यमन्त्री सतिश सिंहको अनुगमन फितलो ।

मुख्यमन्त्री अनुगमनमा आउने सूचना अनुगमन अगावै लिक भएको थियो । उपचाररत रोगीसंग उपचार सेवा, कुरुवाको अस्पताल बसाई, निशुल्क औषधि, ल्याब परीक्षण जस्ता सेवाको वारेमा जानकारी नै लिएनन् ।

अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री सिँहले अस्पतालका सेवासुविधाको प्रभावकारिता वृद्धि र सेवा तथा संरचना विस्तार गर्न प्रदेश सरकारले आवश्यकताअनुसार बजेट विनियोजन गर्ने बताए ।

उनले सिरहा अस्पतालको सेवाक्षेत्रले ठूलो जनसँख्या ओगटेको भन्दै अस्पतालका कमीकमजोरी औँल्याएर सुधार गरिने प्रतिबद्धता व्यक्त गरे । उनले देश र प्रदेशको अर्थतन्त्र अनुकूल नभएको र प्रदेशको अर्थतन्त्र थप कमजोर रहेका बेला आठवटै जिल्लाका स्वास्थ्य संस्थाका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्नुपर्ने अवस्था रहेको भन्दै सिरहास्थित प्रादेशिक अस्पतालका लागि ठूलै रकम विनियोजन गर्न नसकिए पनि आवश्यकताअनुसार बजेट उपलब्ध गराउँदै जाने उल्लेख गरे । अनुगमनका बेला मेसु र अधिकतर स्वास्थ्यकर्मी अनुपस्थित रहेका थिए ।

उनले अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको जनशक्ति तत्काल प्रदेश स्वास्थ्य निर्देशनालय र क्रमिक रूपमा अन्य प्रक्रियाबाट समेत व्यवस्थापन गरिने बताए ।

मुख्यमन्त्री सिँहले अस्पतालको सरसफाइ लगायतका आधारभूत व्यवस्थापनमा अस्पताल प्रशासनसँगै नागरिकले समेत आफ्नो जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिए । उनले एक बिरामीमा धेरै कुरुवा हुँदा समेत समस्या सिर्जना हुने भन्दै त्यसतर्फ बिरामीका आफन्ताई पनि सजगता अपनाउनुपर्ने आग्रह गरे ।

मुख्यमन्त्रीको अनुगमन प्रादेशिक अस्पताल सिरहाको सेवा सुविधालाई गुणस्तरीय बनाउनेमा केन्द्रित हुनुपर्ने स्थानीयको माग छ । फितलो भन्दा परिणाममुखी अनुगमन हुनुपर्ने जानकार बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!