नेकपा माओवादी केन्द्रले २५ करोड बराबरको अवैध रकम बरामद भएको घटनाको छानबिन गर्नको लागि विशेष छानबिन समिति बनाउन माग गरेको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसद माधव सापकोटाले यति ठूलो मात्राको तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव नहुने भन्दै सत्य तथ्य छानबिनको लागि समिति गठनको माग गरेका हुन् ।

उनले भने, ‘यो सरकारप्रति प्रतिपक्षको आशङ्का छ । यो घटनाले सङ्गठित अपराधको जालो कुन स्तरमा सङ्गठित भएर झांगिरहेको छ भन्ने कुराको चित्र बाहिर आएको छ । यो घटनाप्रति हाम्रो पार्टीको तर्फबाट ध्यानाकर्षण भएको छ । यो यति ठूलो मात्राको तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव छैन । त्यसैले गम्भीर रूपमा छानबिनको लागि माग गर्दछौँ । अहिलेसम्म यस्तो घटनामा संलग्न भरिया र ड्राइभर मात्रै पक्राउ परेका छन् । ठूलो काण्ड डिसमिस पार्ने गरिएको छ राजस्व अनुसन्धान प्रधानमन्त्री कार्यालय मातहतमा भएकाले विशेष छानबिन समिति निर्माण गरेर जोसुकै भए पनि कारबाही गर्न माग गर्छौ ।’

मंगलबार २५ करोडसहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!