सिरहा । त्रिभुवन विश्व विद्यालय अन्तर्गत रहेका सिरहा जिल्लाको दुई क्याम्पसमा नेपाल विद्यार्थी संघको प्यानल विजय भएको छ ।

सिरहा सदरमुकाम स्थित रहेको सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पस र लहान स्थित रहेको जे.एस. मुरारका बहुमुखि क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल विजय भएको छ । मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको हो ।

सिरहा सदरमुकाम स्थित रहेको सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पसमा एक हजार ४१ कुल मतदाता रहेको क्याम्पसमा ५ सय ४२ मत खसेको थियो । जस अन्तरगत नेविसंघका उम्मेदबारले १ सय ७८ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत बिरेन्द्र कुमार यादवले जानकारी दिएकाछन् ।
निर्वाचन अधिकृत यादवका अनुसार नेविसंघका पृथ्वी कुमार यादवले १ सय ७८ मतसहित सभापतिमा निर्वाचित भएका छन् । त्यसै गरी सचिवमा रमेश कुमार यादवले १ सय ९२ मत प्राप्त गर्दै विजयी भएका छन् भने कोषाध्यक्षमा १ सय ८४ मतसहित राम यादव विजयी भएको निर्वाचन अधिकृत यादवले बताए ।
त्यसै गरी सदस्यहरुमा उपेन्द्र कुमार गुप्ता, राधिका कुमारी मण्डल, कन्चन पासमान, आरती कुमार मण्डल, अजिता कुमारी यादव, बिशाल यादव, मनिषा कुमारी यादब विजयी भएका छन् ।

समाजवादी विद्यार्थी यूनियन नेपाल र अनेरास्ववियू (संयुक्त बिद्यार्थी मोर्चा) बाट सभापतिको उम्मेदवार बनेका बिबेक कुमार मण्डलले ११०, सचिबका उम्मेदबार गणेश कुमार दास १०२, कोषाध्यक्षका उम्मेदवार सोनु कुमार गोइतले ११५ मत प्राप्त गरेकोे निर्वाचन अधिकृत यादवले जानकारी दिए ।

त्यस्तै अखिल (क्रान्तिकारी) र विद्यार्थी जनमत संघ (संयुक्त प्यानल) बाट सभापतिका उम्मेदवार सतिस कुमार मण्डलले १०५, सचिबका उम्मेदवार बिपसा कुमारी यादबले १००, कोषाध्यक्षका उम्मेदवार काजल कुमारी यादबले ८३ मत प्राप्त गरेको निर्वाचन अधिकृत यादवले जानकारी दिए ।

त्यस्तै अनेरास्ववियु बाट सभापतिका उम्मेदवार सिजन यादवले ६२, सचिबका उम्मेदवार नरेश कुमार यादवले ७३ र कोषाध्यक्षका उम्मेदवार राजु महराले ९४ मत ाप्त गरेको निर्वाचन अधिकृत यादवले जानकारी दिए ।

यस्तै सिरहाको लहानस्थित रहेको जे.एस. मुरारका बहुमुखि क्याम्पसको स्ववियूमा नेपाल विद्यार्थी संघको प्यानलै विजयी भएको छ ।
स्ववियू सभापतिमा नेविसंघका रोहित राउत विजयी भएका हुन् । उनले ५७५ मत ल्याएर निकटम प्रतिस्पर्धीसंग १४४ मतान्तरले विजयी भएका छन् ।
निकटम प्रतिस्पर्धी अनेरास्ववियूका सभापति उम्मेदवार मनिष चौधरीले ४३१ मत ल्याए । विद्यार्थी जनमत संघ, समाजवादी विद्यार्थी यूनियन, अखिल क्रान्तिकारी र अनेरास्ववियू एसको संयुक्त मोर्चाबाट सभापति उम्मेदवार बनेका ललित यादवले मात्र ९७ मत पाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!