
मधेश बाट जितेर आको नेताहरूको चाप्लुसी प्रवृत्ति र जनताको जिम्मेवारी संघीयता कार्यान्वयन भएको एक दशक भइसक्यो। मधेसबाट मधेशी अनुहारकै व्यक्ति संघीय संसदमा निर्वाचित भइरहेका छन्। तर, विडम्बना के छ भने, मधेशी नेताहरूको गुलामी गर्ने, चाप्लुसी गर्ने र आफ्नो आकालाई खुसी पार्नमात्र ध्यान दिने बानी अझै छुटेको छैन।
मधेसबाट जितेर जाने नेताहरूको भूमिका के हुनुपर्थ्यो ? उनीहरूले मधेश र मधेशी जनताको हकहितका लागि आवाज उठाउनुपर्ने हो। तर आज तिनै नेताहरू सत्ताधारीहरूको चाकरी गर्नमै सीमित छन्। जब कुनै विभेदकारी निर्णय आउँछ, तब ती नेताहरू चुप बस्छन्, किनभने उनीहरूलाई अर्को चुनावमा टिकट चाहिन्छ, अर्को पटक मन्त्री पदको लोभ छ।

यस्तो प्रवृत्ति कायम रहनुको दोष केवल नेताहरूलाई मात्र दिन मिल्दैन। यसको जिम्मेवारी मधेशी जनताले पनि लिनुपर्छ। चुनावको बेला भोट बेच्ने, सस्तो प्रलोभनमा पर्ने, जात-धर्मको आधारमा उम्मेदवार छनोट गर्ने—यी सबै प्रवृत्तिहरूको अन्त्य नगरेसम्म मधेश पछाडि नै रहनेछ।
समय फेरि आएको छ। फेरि मौका छ। अबको चुनावमा सही व्यक्ति छान्नुस्। मधेश र मधेशी जनताको वास्तविक सेवा गर्ने, चाप्लुसी नगर्ने, हिम्मतका साथ हकहितका लागि बोल्न सक्ने नेतालाई जिताउनुस्। यदि फेरि गल्ती गरियो भने, मधेश अर्को सय वर्ष पछाडि पर्नेछ। अब निर्णय जनताकै हातमा छ !